Logo

जनार्दन अर्थमन्त्री हुँदा गोरु पनि लजायो – ओली



काठमाण्डौं,साउन १७ । जनार्दन शर्मालाई गठबन्धनको सरकारले पुन: अर्थमन्त्रीमा नियुक्त गरेपछी एमाले अध्यक्ष ओलीले तिखो ब्यंग्य हानेका छन् ।
मंगलबार तुल्सी लाल अमात्यको २५ औं स्‍मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा ब्यक्त गरेका हुन ।

छानविन समितिले नत काल डिटेल हेर्न दियो नत सीसीटिभी फुटेज नै भेट्यो यो सब लाजको पसारो भन्दै अध्यक्ष ओलीले प्रतिकृया दिएका छन् ।

कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजनीतिक बिचार ब्यक्त गरेपछी जवाफका क्रममा उनले भने “यो कार्यक्रममा बोल्ने बिषय त होइन तर सिपी कमरेड ले भनेपछी दुई चार कुरा राख्न मन लाग्यो ।” भने

अहिले देशको अवस्था हेर्दा कांग्रेसले कुन बेला देश सिध्याउँछ भन्ने आसय ब्यक्त गरे
उनले मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा उत्तरी सिमामा भारतीय फौज राख्न दिएको उल्लेख गरे । त्य्स्तै एक अर्को प्रसंगमा उनले भने “कांग्रेस कसरी प्रजातान्त्रिक पार्टी भयो ?

उनले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताए । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता