Logo

बरिष्ठ गायक तथा संगितकार कन्हैया सिंह र गायिका अन्जना गुरुङ्ग को “नजर नजरको” गीत बजारमा



काठमाण्डौं,साउन १२ । बरिष्ठ गायक तथा संगितकार कन्हैया सिंह र गायिका अन्जना गुरुङ्ग को स्वरमा नजर नजरको बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काठमाण्डौको क्युएस सिनेमा हल कमलादीमा पत्रकार तथा संगितकर्मीहरुमाझ प्रदर्शन गरी सार्वजनिक गरिएको हो ।

गीतको संगीत र रचना बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् । त्यस्तै भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन भने म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।

अभिनयमा पहिलोपल्ट पाइला राखेकी छु र चर्चित नायक पुष्पल सँग अभिनय गर्न पाउँदा ज्यादै उत्साहित रहेको छु । अपेक्षाले बताइन । त्यस्तै बहिनी अन्जना र भाई कन्हैया को जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए ।

नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो ।

उक्त गीतमा बरिष्ठ संगितकार मनोहर सुनामको संगीत संयोजन,प्रकाश मिश्रको रेकर्डिङ रहेको छ । त्यस्तै सहायक निर्देशन सुबोल थापा,सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता