Logo

आज यी स्थानमा बर्षा हुने सम्भावना रहेको छ



काठमाडौं, साउन १२ ।   आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।
शुक्रबार देशभर बदली रहनेछ । मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता