Logo

बरिष्ठ साहित्यकार कमला प्रसाई साहित्यिक कार्यक्रमका लागि काठमाण्डौंमा



काठमाण्डौ,साउन ७ । अमेरिकामा रहेर कलम चलाई रहनु भएकी साहित्यकार कमला प्रसाई नेपाल आउनु भएको छ । अमेरिकाबाट शनिबार वहाँ
नेपाल आउनु भएको हो ।

नेपाली साहित्य जगतमा ३ दशक लामो समय कलम चलाउनु भएकी साहित्यकार प्रसाई यस पटक साहित्यिक कार्यक्रम र पारिवारिक भेटघाट रहेको हामीलाई बताउनु भयो ।

उनको चितामाथिको लास पुर्णाङ्की नाटक, ह्रिदय भित्रको गीत संग्रह,सिमाना कबिता संग्रह चर्चित छन् । बिभिन्न पत्रपत्रिका,मासिक पत्रिका तथा अनलाइन पत्रिकाहरुमा लेख रचना छपिने गरेका छन् ।

एक प्रश्नको जवाफमा पहिले भन्दा यस पटकको नेपाल बसाइ अर्थपूर्ण र उपलब्धीमुलक रहने बताइन ।

करिब १ महिनाको बसाइमा कला,साहित्य र सामाजिक सेवामा समर्पित ब्यक्तित्व र केही राजनीतिक नेत्रुत्वहरु सँग पनि भेट हुने बताइन ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता