सुकुम्बासीहरुको पक्षमा मियो झैँ उभियो नेकपा कास्कि, दियो यस्तो कडा चेतावनी
पोखरा,साउन ६ । सुकुम्वासिहरुको पक्षमा नेपाल कम्युनिस्ट पार्टी कास्कि मियो झैँ उभिएको छ। कास्किको पोखरा महानगरपालिकाले महानगरको वडा नम्बर ३३दुइ पिप्लेमा रहेका २३ घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्की सुकुम्वासिहरुको पक्षमा उभिएको हो ।
सोमबार नेकपा कास्कीका सेक्रेटरी काजि गुरुङले एक बिज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन ।
भु(माफियाहरुले हजारौं रोपनी जमिन हडप्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ।
सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो।
सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ।