Logo

गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध उत्रिए बिद्यार्थी बर्खास्तीको माग गर्दै आन्दोलन गर्ने



सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन गर्ने भएका छन ।
नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ,नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नेकपा समाजवादीको अनेरा स्वबियुले मंगलबार संयुक्त बिज्ञप्ती जारी गरी गभर्नरको बर्खास्तीको माग गर्दै चराणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन ।

उनीहरुले श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।

श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा सहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने । श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्सन तथा अन्तरक्रिया कार्यक्रम गर्ने । श्रावण ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने । श्रावण ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडी सडकबाट संदेश पठाउने । कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता