राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न संसदमा माग

काठमाण्डौं,असार २९ । नेकपा माओवादी केन्द्रले राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको छ ।
बुधबार बसेको संसद बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अधिकारी माथि छानविन गर्न माग गरेकी हुन् ।
राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् ।