Logo

एनएफपिजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई



काठमाण्डौं,असार २५ । एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभी , रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो ।

त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो ।

१५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी ले पाउन सफल भए । साथै विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ससंस्थाका अध्यक्ष प्रदिपराज वन्तले राष्टिय फोटोत्रपकार समूहको सस्थाको २५ र्औ स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरु विच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको वताउनु भयो । उक्त कार्यक्रममा विजवजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता