एनआरएनए लाइब्रेरी हस्तान्तरण पछी बिद्यालयका प्रधानाध्यापक भन्छन : लाइब्रेरी स्थापनाले सुनमा सुगन्ध थपिएको छ । ( भिडियो सहित )

डडेल्धुरा,असार २० । एनआरएनएले डडेल्धुराको पुइलेखमा रहेको बालकल्याण माद्यामिक बिद्यालमा एनआरएनए लाइब्रेरी हस्तान्तरण गरेको छ । एनआरएनए लाइब्रेरी बिभाग प्रमुख भक्त बहादुर भण्डारीले एक समारोह बिच बिद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बिद्यालयले लाइब्रेरी पाएपछी सो प्रधानध्यापक निकै हौसिएका देखिन्थे ।
बिद्यालयका प्रधानाध्यापक सँग गरिएको कुराकानीको अंश भिडियोमा हेर्नुहोस् :-
यस बिद्यालमा कहाँकहाँ देखीका बालबालिका अध्ययन गर्न आउँछन ? लाइब्रेरी स्थापनाले कतिको महत्व पाएको छ ?
स-साना बालबालिकाको बौद्धिक बिकास हुने कुरामा ढुक्क हुँदै उनले भने – यस बिद्यालमा ४५० जना विद्यार्थीहरु पढ्दछन जस्मा पाली, बकैन, महर गाउँ,बैडा,मुद्रा सिडिङी लगायत वडा नम्बर १ को सबै गाउँका बालबालिकाको अध्ययनको केन्द्र रहेको छ । बिशेषगरी कृषिप्राविधिक बिधाका यस डडेल्धुरा,बैतडी,कैलाली,बझाङ सुदुरपच्चिमका धेरैजसो भागबाट अध्ययन गर्न आउने भएकोले यो बिद्यालयको महत्व बढेको छ त्यसैमा यो लाइब्रेरी स्थापनाले सुनमा सुगन्ध थपिएको छ ।
लाइब्रेरी स्थापनाको योजना कसरी बन्यो र पहल कसरी गर्नु भयो ?
शुरुवातमा समाजसेवी भक्त बहादुर भण्डारी जो अमेरिकामा बसोबास गर्नु हुन्छ । वहाँले यस बिद्यालयमा केही गरौं भन्ने इच्छा ब्यक्त गर्नु भयो । यही गाउँ निवासी भएकाकारण २०१९ तिर वहाँ बिद्यालय आउनु भएको थियो त्योबेला बिद्यालय समग्र स्थिती जानकारी गरायौं यती मात्र होइन यती मात्र होइन यही बिद्यालयमा बाल्यकालमा वहाँले पढेको बिद्यालय पनि भएको कारण बालबालिकाको हित हुने कार्य पुस्तकालय स्थापना गर्ने इच्छा जाहेर गर्नु भयो र एनआरएनए लाइब्रेरीको स्थापना गर्न सफल भयौं ।
सुदुर पच्चिममा एनआरएनएले लाइब्रेरी स्थापना गर्यो के भन्न चाहनु हुन्छ र कस्लाई बढी सम्झन चाहनु हुन्छ ?
सबैभन्दा पहिला त एनआरएनएलाई धन्यवाद दिन चाहन्छु । भक्त बीबीका संरक्षक भक्त भण्डारीको पहलमा यस गाउँलाई कोरोना को बेला पनि रासन सहयोग गर्नु भयो त्यो गुन त छँदैछ । त्यस्तै संस्थागत रुपमा बिदेशमा रहेका लाखौं नेपालीहरुको प्यारो संस्था एनआरएनएले दिएको माया स्वरुप यो लाईब्रेरी हुनु हाम्रालागी अहोभाग्य हो र हामी सदैव आभारी हुनेछौं साथै आगामी दिनमा पनि यस्ता अन्य बौद्धिक कृयाक्लापमा सहयोग मिल्ने अपेक्षा गरेका छौ । त्यसैले स्थानीय सरोकारवाला, भक्त बहादुर भण्डारी लगायतका अन्य साथीलाई बिशेष सम्झन चाहन्छु ।
हेर्नुहोस् पुरा भिडियो :-