Logo

कबड्डी ४ ले राख्यो कीर्तिमान २ करोड ९० लाख ग्रस ओपनिङ



 

काठमाडौं । कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘कबड्डी ४ स् द फाइनल म्याच’ शुक्रवारबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा उत्रिएसँगै फिल्मले शुक्रवार बिहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुलको व्यापार गरिरहेको जानकारी प्राप्त छ । काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मले पाएको प्रायः शो प्रदर्शन अगावै एड्भान्स बुकिङमा हाउसफुल भइसकेका थिए ।

‘कबड्डी ४’ले तीन वर्षयताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने निश्चित छ । मल्टीप्लेक्सहरुमा पाएको भरमार शो र आक्रामक बुकिङ हेर्दा फिल्मले पहिलो दिन नै २ करोडको आँकडा छुने अनुमान गरिएको छ । शनिवार सार्वजनिक विदा भएकाले दोस्रो दिन फिल्मले बक्सअफिसमा थप उछाल ल्याउने देखिन्छ । फिल्मले तीन दिनमा ६ करोडमाथिको कमाई गर्ने वितरकको विश्वास छ ।

प्रदर्शनको अघिल्लो दिन बिहीवार काठमाडौंको बिग मुभिजमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको थियो । तीनवटै हल बुक गरेर आयोजना गरिएको प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ, व्यापार सबैले फिल्मको प्रशंसामा शब्द खर्चिएका थिए । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजीको बिहेको गोलचक्करमै फिल्म घुमेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी ४’लाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता