Logo

तीन दिनदेखि बेपत्ता युवाको लास फेला, को हुन् उनी ?



उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिनबाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको लास भेटिएको हो ।

उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको लास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घटना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता