आज देशभर कस्तो रहला मौसम ?

काठमाडौं । जेठ १२ ।हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी भू(भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।