Logo

लुम्बिनीमा चट्याङ लागेर २ जनाको निधन , ३ जना घाइते



 

रुपन्देही जेठ ११, । लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको निधनभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर निधन भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो ।

 

चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता