Logo

सगरमाथा शिखरमा पुगेर फर्किएका आरोही पासाङ फुर्पालाई मेरिकी दूतावासका जनसम्पर्क अधिकृत गारेट इ विलकर्सनले गरे स्वागत



काठमाण्डौ,जेठ ६ । सगरमाथा शिखरमा पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको शिखरमा पुग्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अगामी पर्वतारोहि कर्मा तेन्जिङको नेतृत्वमा आगामी जुन २ मा डेनालि पर्वतारोहण शुरु हुने बताइएको छ । कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क अधिकृत गारेट इ विलकर्सनले नेपाल अमेरिका मैत्रीको प्रतीक झन्डा सगरमाथा शिखरमा पुर्याएकोमा आरोही पासाङ फुर्पालाई धन्यवाद दिनुभयो ।

सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको र सन् १९४८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वार्षिकोत्सवको अवसरमा यसरी सगरमाथा र डेनाली पर्वतारोहण गरिदैैैछ ।

हिरक जयन्तीको झण्डालाई छ दिन अघि सेभेन समिटका बोर्ड अफ् डिरेक्टर समेत रहनुभएका पासाङ फुर्बा शेर्पाले सगरमाथाको शिखरमा पुर्याउनुभएको थियो । उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता थियो ।

आरोहण टोलिमा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा, र सबैभन्दा कम उमेरमा १४ ओटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानी आरोही मिङमा ग्याबु शेर्पा (मिङ्मा डेविड) सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता