Logo

हप्ताको दुई दिन बिदा हुने भएपछि प्याब्सनले भन्यो– १८० दिन पठनपाठन हुने सुनिश्चितासहित कक्षा सञ्चालन



 

काठमाडौं जेठ १, । सरकारले साप्ताहिक बिदा दुई दिन दिने निर्णय गरेसँगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले वर्षमा १८० दिन पठनपाठन हुने सुनिश्चितता सहित कक्षा सञ्चालन हुने प्रस्ट पारेको छ ।

 

प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयले विद्यालय शिक्षाको शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले शिक्षा क्षेत्र निजामति, उद्योग, व्यवसाय, उत्पादन तथा अन्य सेवा क्षेत्रभन्दा भिन्न प्रकृतिको रहेको र राज्यले प्रदान गर्ने सार्वजनिक विदाहरु यसअघि नै अत्यधिक भएको सन्दर्भमा आइतबारको बिदासमेत थपिने हुँदा यसबाट विद्यार्थीको सिकाई निरन्तरता एवं शैक्षिक कृयाकलापमा पर्न जाने नकारात्मक प्रभावप्रति समवेदनशील हुन जरुरी रहेको पनि औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता