Logo

प्रधानमन्त्री स्कट मोरिसनको जन्म दिनमा घले दम्पती सहभागी



अस्ट्रेलिया,जेठ १ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको जन्म दिनमा शेष घले र वहाँको धर्म पत्नी जमूना गुरुङ सहभागी हुनु भएको छ ।शुक्रबार प्रधानमन्त्री मोरिसनले आयोजना गरेको बिशेष रात्री भोजमा घले दम्पती सहभागी हुनु भएको हो ।

अष्टेलियाका धनाढ्यहरुको सूचिमा पर्ने दम्पतीलाई प्रधानमन्त्रीले बिशेष निमन्त्रणा दिनु अर्थपूर्ण रहेको छ । जन्मदिनको शुभकामना दिदै ब्यक्त गर्दै घलेले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेका छन – “वास्तवमा नेता भनेको नेता नै हुन्छ ,भुगोलिय धरातल जे भए पनि ।”

आवासीय नेपाली संघका संस्थापक संरक्षक तथा अध्यक्ष शेष घले हुन । भरखरै सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को संरक्षकको हैसियतले उनले १० औं विश्व सम्मेलन पनि सम्पन्न गराएका छन् ।

घले दम्पत्तिले अस्टेलियामा एमआइटी ग्रुप होल्डिङमार्फत् शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेट तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ ।

घलेको १२ अर्ब लगानीमा काठमाण्डौमा पनि शेराटन होटल निर्माण भइरहेको छ । उनीहरुले यूरोपका कतिपय देशमा समेत होटलमा लगानी थालेका बताइएको छ । म्यागेजिनकाअनुसार सन् १९९० को दशकमा विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले त्यहाँ कठिन संघर्ष गरी चमात्कारिक सफलता हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता