Logo

काठमाडौंमा बालेनले अग्रता फराकिलो पारे, सुनिताको तेब्बरभन्दा ठूलो अग्रता



 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता फराकिलो पारेका । यसअघि ३७ मतले अगाडि रहेका बालेनले अग्रता फराकिलो पारेर ७२ मतको अग्रता लिएका छन् ।पछिल्लो अपडेटअनुसार बालेनको मत ४८० पुगेको छ । एमालेका केशव स्थापितले ३०८, काँग्रेसको सिर्जना श्रेष्ठले २३७ मत पाएका छन् । राप्रपाका मदनदास श्रेष्ठले १६ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले प्रतिस्पर्धीको भन्दा तेब्बरभन्दा धेरै मतले अग्रता लिइरहेकी छिन् । सुनिताले २०९ मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४६ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले २८ मत पाएकी छिन् ।

३१ वर्षीय बालेन्द्र साह (बालेन) पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी (यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा। राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, (यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।

विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागेका छन् ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता