Logo

उग्र बने प्रदर्शनकारी : प्रहरीको सुरक्षा घेरा तोडेर संसदको मुख्य द्धारमै पुगे



 

काठमाडौ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बनेका छन् । प्रहरी माथि ढुंगा वर्षाउँदै सुरक्षा घेरा तोडेका प्रदर्शनकारी अहिले संसद भवनको मुख्य द्धारमै पुगेका छन् । प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले प्रहरी सुरक्षा घेरा तोडेर संघीय संसदको मुख्य द्वार दक्षिणी गेटसम्म पुगेका छन्।

प्रदर्शनकारी निषेधित क्षेत्रमा पुगे पछि प्रहरीले पनि थप बल प्रयोग गर्न लागेको छ । पानीको फोहरा प्रयोग गरेको प्रहरीले अब प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थालेको छ । त्यस क्रममा एक जना युवा नेता घाइते भएका छन् । प्रदर्शनका क्रममा अनेरास्ववियूका नेता विप्लव खड्का घाइते भएका छन्। घाइते खड्काको एभरेस्ट हस्पिटलमा उपचार हुँदैछ।

प्रहरीले फोहरा प्रयोग गरी प्रदर्शनकारीहरुलाई तितरबितर पारेको हो। यस क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीहरुलाई पक्राउसमेत गरेको छ। प्रहरीले ५० बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार एमसीसीविरुद्ध प्रदर्शन गरिरहेकाहरुलाई काठमाडौँको नयाँ बानेश्वर, बिजुली बजार, माइतीघरलगायत क्षेत्रबाट पक्राउ गरिएको हो।

सरकारले एमसीसी सम्झौता आजै संसदमा टेबुल गर्न दबाब बढाएपछि सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा–विद्यार्थीहरुसमेत एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए। त्यस्तै नेकपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत ६ दल तथा मोर्चा र राप्रपालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुले एमसीसीविरुद्ध नयाँ बानेश्वरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

यसैबीच एमसीसी टेबुल नहुँदै एमालेको अवरोधबीच बुधबारको संसद बैठक सकिएको छ। बैठक अब शुक्रवार दिउसो १ वजे बस्ने छ । सभामुख अग्नी सापकोटाको राजिनामा माग राखेर एमालेले संसद अव रु द्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता