Logo

एमालेलाई थपियो चुनौती  ! गठबन्धनद्धारा वडा तह सम्म निर्वाचनमा तालमेल गर्ने सहमति



 

काठमाडौ । सरकारले निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न राजनीतिक दलहरुले निर्वाचन अभियान सुरु गरिसकेका छन् । चुनावी मोर्चा समेत बन्न थालिसकेको छ । निर्वाचन आयोगले पनि तयारी थालेको छ । वैशाख ३० मा एकै चरणमा स्थानिय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरुले परिणाम आफ्नो पक्षमा पार्न तयारी थालेका हुन् ।

कास्कीमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन् ।

एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले सत्ता साझेदार दलको बैठकले ७२ वटै वडामा मिलेर उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । पाँच दलको सहकार्य भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई भने चुनौती थपिएको छ । सरकारले बैशाख ३० मा स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता