Logo

यस्तो माग राख्दै पूर्वपश्चिम राजमार्ग बन्द



 

काठमाडौं । जनकपुरधाम : किसान आन्दोलनअन्तर्गत जनमत पार्टीले बिहीबारदेखि पूर्व(पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गर्ने भएको छ। झण्डै डेढ महिनादेखि आन्दोलनरत किसानहरूको माग राज्यले नसुनेपछि आज पुनः राजमार्गमा भेला भई शासकलाई झुकाउने तयारी गरेको बताएका छन्।

पूर्व घोषित आन्दोलनका कार्यक्रमअनुसार बिहीबार भोलिदेखि राजमार्ग बन्द रहने भएकाले बुधबार मोरङको रङ्गेलीदेखि बर्दियाको गुलरियासम्म र मधेश प्रदेशका सबै जिल्ला लगायत १८ जिल्लामा जनमतका कार्यकर्ताले मशाल जुलुस निकालेका छन्।

राजमार्गमा मशाल जुलुस प्रदर्शन गरिएको छ।आज देखि राजमार्गमै बस्ने, खाना पकाएर खाने र आवतजावत पूर्ण रूपमा बन्द गर्ने जनमत प्रेसमञ्चका अध्यक्ष बिपी साहले जानकारी दिए।

सिके राउत नेतृत्वको जनमत पार्टीले आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेको छ । प्रदर्शनबाट मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषालगायतका जिल्लाका राजमार्गमा प्रभाव परेको छ।

पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर उक्त पार्टीले आज बिहानबाट नै प्रदर्शन सुरु गरेको हो । जनमत पार्टीका कार्यकर्ताले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। झण्डै एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर जनमत पार्टी आन्दोलन गरिरहेको छ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले विगत ४० दिनदेखि आन्दोलन गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता