Logo

कोभिड संक्रमित ओलीको स्वास्थ्यवारे चिकित्सकले दिए यस्तो जानकारी



 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड पुष्टि भएको छ । चार दिन अघि ओली र उनकी पत्नी राधिकामा कोभिड पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ ।

४ दिनअघि सं क्र म ण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

यो पनि, पछिल्लो एक हप्तादेखि राहदानी विभागका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि विभागको सेवा प्रभावित भएको छ । त्रिपुरेश्वरस्थित विभागका ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण देखिएपछि विभागको सेवा प्रभावित भएको हो ।

विभागका सबैजसो कर्मचारी कोभिड संक्रमित भएपछि दैनिक सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा दिन समस्या भएको राहदानी विभागका प्रवक्ता सरदराज आरनले बताए । ‘बाँकी रहेका कर्मचारीहरू पनि सबैलाई रुघाखोकी र स्वास्थ्यमा अन्य समस्या देखिएकोले सबैजसो कर्मचारी नै अस्वस्थ छन्’, उनले भने, ‘म आफैँ पनि अस्वस्थ छु ।’

कोभिड भा इर सको सं क्रम ण बढ्न थालेपछि राहदानी विभागले अनलाइन माध्यमबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ । अहिले दैनिक एक हजार औसत संख्यामा सेवाग्राहीहरूको अनलाइन आवेदन आउने गरेको विभागले जनाएको छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागको सम्पर्कमा आउने गरेका छन् ।

जसअनुसार अति आवश्यक र प्राथमिकताको आधारमा इमेलमार्फत दैनिक ३ सय जनालाई सेवा दिइरहेको विभागका प्रवक्ता आरनले बताए । उनले आकस्मिक सेवाग्राहीहरू अप्ठ्यारोमा नपरुन् भनेरै पनि सेवाप्रवाह बन्द नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता