Logo

हिमपातमा परेर २१ जनाको मृत्यु, एक प्रहरीले गुमाए श्रीमती र ६ छोराछोरी



 

एजेन्सी । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पु’रिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता