Logo

३५ हजार पाउने भएपछि आफ्नै बहिनीसंग विवाह‘।



 

काठमाडौ । सरकारले दिएको सुविधा पाउन एक जना युवकले आफ्नै बहिनीसंग विवाह गरेको खुलेको छ । सामुहिक विवाहमा सहभागी भए ३५ हजार रुपैया सहित सरकारी सुविधा पाउने भएपछि एउटा युवकले यस्तो उपाय निकालेका हुन् । यस्तो अनौठो र अप्रत्यासित घटना भारतको उत्तर प्रदेशमा भएको हो । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हो ।

सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ ।

सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए । एउटा सरकारी कार्यालयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडीले सामुहिक विवाह गरेका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने दाजु बहिनीलाई कारवाही हुने भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता