एमाले पार्टी कार्यालयमा रहस्यमय मृत्यु

काठमाडौ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जनाको शव फेला परेको छ । एमालेको नवनिर्मित भवनमा एक जना मृ त फेला परेका छन् । प्रहरीका अनुसार मृ त भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।
एमालेको नयाँ बन्दै गरेको भवनमा मृ त अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले श व देखेपछि प्रहरीलाई बोलाएका थिए । स्थानिय खबर पाएर अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।
मृ त कको अनुहारमा चोट पटक देखिएको घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान थालेको हो । थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।