Logo

माधव नेपालले प्रचण्डतिर हेर्दै भने, ‘तपाईसंग मेरो मन मिल्यो’



 

काठमाडौं । बनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीसँग आफूहरूको मन मिलेको बताएका छन् । तत्कालिन नेकपा रहँदा उनी प्रचण्डसंग मिलेर अध्यक्ष केपी शर्मा ओली विरुद्ध आन्दोलनमा थिए । सर्वोच्च अदालतले नेकपा भंग गरीदिएपछि नेपालले नयाँ दल दर्ता गरेका हुन् । उनले आइतवार काठमाडौमा माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन सत्रमा मन्तब्य राख्दै भने, ‘तपाईंहरूसँग मन मिल्यो। मन मिलेपछि अरू केही चाहिँदो रहेनछ। मन मिलेपछि भावना मिल्दै जाँदो रहेछ ।

उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए । नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

देशमा नागरिकको अधिकार ठुलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’ नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता