Logo

काठमाडौंमा ट्याक्सीमा घटेको यो ड रलाग्दो घ ट ना



 

काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि च क्कु प्र हा र गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । प क्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चा लक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घा इते भएका छन् ।

सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । उक्त सूचना प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।

उनलाई घ टनामा प्रयोग भएको च’क्कु’स’हित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता