फेरी दुखद् घटना : जन्ती वोकेको बस दुर्घटना ! जनाको निधन

काठमाडौ । फेरी सिन्धुपाल्चोकमा जन्ती वोकेको बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसको चालक रहेको प्रहरीले जनाएको छ ।
बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही दिन यता मुलुकका विभिन्न स्थानमा जन्ती वोकेका सवारी साधन दुर्घटना भएका छन् । केही दिन अघि रुकुममा जन्ती वोकेको जीप दुर्घटना भएको थियो भने वैतडीमा नव विवाहितहरु बसेको जिप दुर्घटना हुँदा दुवै जनाको निधन भएको थियो ।