Logo

लीला नेपालले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाण्डौ , मङ्सीर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लीला नेपालले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

नेपालले २०४६ सालको जनआन्दोलन देखी सकृय रहंदै आउनु भएको छ । २०४९ सालमा महिला संघको जिल्ला सभापतिमा भए लगत्तै कांग्रेसको संगठान्तमक काममा कृयाशिल रहेको छु । आज पार्टिमा महिला नेत्रुत्वको कमी छ त्यतिमात्र होइन महिला हितका लागी पनि मेरो उमेद्दवार आवश्यक रहेर मैले उम्मेद्द्वार दिने घोषणा गरेको हुँ भन्नु भएको छ ।

२०४६ सालको जनाअन्दोलनमा सानै उमेर देखी प्रगतिशिल गीतहरु गाउने र लेख्ने गरेकी नेपालले मंगला देवी सिंह,नोना कोइराला,सैलजा आचार्यको साथमा रही बिभिन्न आन्दोलनमा सहभागी हुनु भएको छ ।

नेपालको राजनीतिक परिवर्तनमा पार्टिमा रही अनवरत काम गर्दै सिन्धुपाल्चोकको सक्रिय एक मात्र महिला नेपालले ६२/६३ को जनआन्दोलनका बेला  जिल्लामा अगुवाइ समेत गर्नु भएको हो । उर्जाशिल प्रगतिशिल गीत लेख्ने नेपाल साहित्य संगीत र धार्मिक क्षेत्रमा पनि उनको ठुलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता