Logo

म्याग्दीमा जिप दुर्घटनामा एक जना वडा सदस्यसहित चार जनाको निधन



म्याग्दी,मङ्सिर  । म्याग्दीमा आज भएको बोलेरो जिप दुर्घटनामा एक जना वडा सदस्यसहित चार जनाको निधन भएको छ भने अन्य चार जना यात्री गम्भीर घाइते भएका छन्।

सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जादै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप बेगस्थित घात्पामा (औल ) मा दुर्घटनाग्रस्त भएको हो। सो दुर्घटनामा परेर घुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक, अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको निधन भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईका अनुसार, दुर्घटनामा घाईते भएका चार जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ । रिफर हुनेमा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विक रहेका छन। मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् ।

बोेलरो जीप सडकबाट करिब दुईसय मिटर तल जंगलमा खसेको बताइएको छ । प्रहरी नायव उपरिक्षक राईले बोलेरो जीप दुर्घटनाको कारण नखुलेकोे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता