Logo

सुमेरु सहकारीले कानुन बिपरित कारोबार गरेको आशंकामा सीआईबीको निगरानी



ललितपुर ।  ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा कारोबार संकास्पद रहेको आशंकामा सिआई बी ले निगरानी थालेको छ । संस्थाको साधारण सभा,बार्षिक प्रगती प्रतिबेदन समेत नगरेको बुझिन आएको एक उच्च स्रोत ले जनाएको छ ।

सुमेरु सहकारीका अध्यक्ष भरतराज महर्जन हुन् । संस्थामा गैर सदस्यलाई समावेस गरी कारोवार गर्ने गरेको, सहकारीको नाममा प्राप्त रकम अध्यक्ष भरत महर्जन स्वयमले चलाउने तथा परिवारका नाममा राख्ने गरेको बुझिन आएको छ । संस्थाको बारेमा सहकारी बिभागले पनि निरिक्षिण गर्दा लचिलो देखिने गरेको पाइएको छ । ऋण लिन र कर्जा लगानी गर्दा धितो नै ब्यक्तीका नाममा राजिनामा पास गराउने गरेको पाइएको छ ।

सुमेरु ग्रुप भनेता पनि व्यक्तिगत नाममा संचालन गरेको देखिएको छ  ।

सुमेरुले बचतकर्तालाई आकर्षित गर्न १६ देखी २० प्रतिशत दिने गरेको छ त्यस्तै सेवा शुल्क ३ प्रतिशत सम्म लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता