Logo

हुम्लामा घरमाथि पहिरो खस्दा एकै परिवारका ६ जना पुरिए



काठमाडौ । मुलुकभर तीन दिन देखि जारी वर्षाका कारण जनजिवन प्रभावित भएको छ । हुम्लामा अविरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।

खर्पेगाउस्थित बिच दउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धन बिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।

एकै परिवारका ६ जना पुरिएको खबर सार्वजनिक भएपछि बुधवार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता