Logo

दाईलाई अन्तिम विदाई गर्दा यसरी भक्कानिए ‘विप्लव’ (भिडियो हेर्नुस्)



 

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका सहोदर दाजुको निधन भएको छ । उनी पार्टीका नेता समेत हुन् । विप्लवका पार्टीका नेता चन्द्रबहादुर चन्द “वीरजङ्ग”को कपिलवस्तुको भगवानपुरमा अन्तिम संस्कार गरिएको छ । दाईलाई अन्तिम विदाई गर्न विप्लव पनि पुगेका थिए । नेता चन्दको पार्थिव शरीरमा महासचिव विप्लवले दा ग बत्ती दिएका हुन् ।

त्यसअघि विप्लवले भावुक हुँदै दाजुको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । त्यती बेला उनले आफ्ना दाईले पार्टीमा गरेको योगदान पनि सम्झिए । प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत पार्टीका नेता९कार्यकर्ताले स्व। चन्दलाई श्र्द्धाञ्जली अर्पण गरेका थिए ।

स्व। चन्द्रबहादुरको असोज २८ गते भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । लामो समय जे लमा बिताएका चन्द्रबहादुरलाई जे ल मै मुटु रोगले च्या पे को थियो । यसअघि उनको दुई पटक मुटुको शल्यक्रिया समेत गरिएको थियो ।

मुटु रोगले थलिएका ६१ वर्षीय चन्दको उपचारकै क्रममा निधन भएको हो । त्यसपछि उनको श व नयाँ दिल्लीबाट कपिलवस्तुको शिवगढीस्थित घरमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता