Logo

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध



बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध लगाइने भएको हो । यसको कारण भने अनौठो छ । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

हाम्रो खेलकूदमा छापिएको समाचार अनुसार साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।
त्यसो त एएफसीको अनुशासन नियमावलीले कुनैपनि व्यक्तिले एक प्रतियोगिताको दुई खेलमा पहेंलो कार्ड पाउँछ भने अर्को खेल गुमाउने लेखेको छ । अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता