Logo

यसरी भइरहेकोछ वर्षमान पुनको थाइल्यान्डमा उपचार, पत्नी ओनसरीले दिइन् जानकारी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनको थाइल्यान्डमा उपचार सुरु भएको छ । उपचार थालेपछि उनको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचार सुरु गरिएको हो ।

चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको र ग तमा हुने बिलुरुविन नामक तत्वको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको र ग तमा बिलुरुविनको मात्रा अत्याधिक बढेर ३४ पुगेको थयो । काठमाडौमा उपचारार्थ रहँदा यस्ता अवस्था देखिएपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए ।

पुनकी पत्नी एवं पूर्व सभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् । यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन्। खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता