यस्ती छिन चर्चित बलिउड नायिका महिमा चौधरीको छोरी, देखेर प्रशंसक चकितः भने, ‘आमाको कार्बन कपी’

एजेन्सी । ९० को दशककी चर्चित नायिका तथा मोडल हुन् महिमा चौधरी । उनको साइनो नेपालसंग पनि जोडिएको छ । त्यसैले उनी प्रति नेपालीले पनि चासो राख्छन् । उनी हालै आफ्नी छोरी एरियानासँग मुम्बईको एउटा क्लिनिक बाहिर भेटिइन् । उनी अहिले पनि उत्तिकै आकर्षक देखिन्छिन् । त्यतिबेला महिमाले का लो रङको पहिरन, क्याप र सेतो स्निकर्स लगाएकी थिइन् । यस्तै उनकी छोरी एरियानाले सेतो टिसर्ट, कारगो र सेतो स्निकर्समा देखिइन् ।
सामाजिक सञ्जालमा निकै सकृय महिमाका लाखौं फ्यान छन् । उनीहरुले महिमाका हरेक गतिविधि प्रति चासो राख्छन् । महिमाको तस्बिर सामाजिक सञ्जाल इन्टाग्राम मार्फत सार्वजनिक भएपछि फ्यानहरुले निकै राम्रो कमेन्ट गरेका छन् । ९० को दशककी नायीका वा मोडल अहिलेका चर्चित नायीका र मोडल भन्दा कम देखिन्नन् भन्दै प्रशंसा गरेका छन् । हुन पनि दुबै आमा–छोरी फोटोमा असाध्यै राम्री देखिएका छन् ।
प्रशंसकले पनि उनीहरुको फोटो र भिडियोमा यति राम्रो प्रतिकृया दिएपछि महिमाले पनि खुसी ब्यक्त गरेकी छन् । उनले सबैलाई धन्यवाद दिएकी छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो शुभचिन्तकसंग दोहोरो कुराकानी गर्ने महिमालाई फ्यानले प्रतिक्रिया दिइरहेका छन् । सबैले महिमाकी छोरी एरियानाको सुन्दरताको बेस्सरी तारिफ गरिरहेका छन् । एक प्रयोगर्काले लेखे, ‘आमाकी कार्बन कपी, असाध्यै सुन्दर र क्यूट ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘कति क्यूट छिन् ।’ यस्तै अर्का एकजनाले लेखे, ‘सुपर क्यूट र इनोसेन्ट चाइल्ड ।’ उनकी छोरी महिमा जस्तै देखिएकी छन् ।