Logo

अस्पतालमा कुरुवासंग बोल्दा बोल्दै २२ वर्षीय सागरले यो संसार छाडे



 

काठमाडौ । भनिन्छ जन्मसंगै मृत्यु पनि माथिबाटै निश्चित भएको हुन्छ भनेर । २२ वर्षको उमेरमा माथिबाटै मृत्यु निश्चित गरेर आएका रहेछन् बाँकेका सागर कार्कीले पनि । त्यसैले त उनी यस्तो कलिलै उमेरमा कोभिडकै बाहानामा यो संसारबाट सधैंकालागी बिदा भएर गए । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत सागरको मृत्यु भएको हो ।

सागर भर्खरै २२ वर्ष मा लागेका थिए । उनको कोभिड लागेर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय सागरको संक्रमणबाट ज्यान गएको थियो ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टी भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका सागरको मृत्यु भएको उनले बताए । अस्पतालका अनुसार युवकको आईतबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । सागरले बोल्दा–बोल्दै यो संसार छाडेका हुन् । उनी मृत्युको केहीबार अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए ।

यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर– ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ । भेरी अस्पतालमा गत भदौं ३० गते संक्रमण पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता