Logo

बाइडेन र मोदीको बैठकका क्रममा खुल्यो एक रहस्य, बाइडेनले मोदीलाई सोधे, ‘के हामी आफन्त हौं ?’



 

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन् । शुक्रवार मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ह्वाइट हाउसमा भेट भयो । सो भेटमा भएको एउटा घटना अहिले अन्तराष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ ।

दुई देशबीच द्विपक्षीय वार्ता सुरु हुनुभन्दा पहिले भएको एक रोचक घटनाको चर्चाले अन्तराष्ट्रिय स्तरमा चर्चा पाएको हो । जब दुई शीर्ष नेताहरु भेटे, राष्ट्रपति बाइडेनले प्रफुल्ल एक हल्का अन्दाजका साथ आफु माथि भएको एक घटनाका बारेमा जानकारी दिए । उनले भने मेरो भारतसंग एउटा निकै गहिरो नाता हुनसन्छ ।

यसको कारण थियो । किनभने, बाइडेनले भने कि जब उनी पहिलो पटक अमेरिकी सीनेटका लागि चुनिएका थिए, तब उनले भारतको मुम्बईबाट एक पत्र प्राप्त गरेका थिए । त्यस पत्रमा प्रेषकको उपनाम ९थर० पनि बाइडेन नै थियो । तर उनी को थिए वा आफ्नै कुनै परिचित थिए भन्ने बारे जानकारी पाएका थिएनन् ।

जब बाइडेन अमेरिकाको उपराष्ट्रपति बने, उनी भारतको भ्रमणमा गएको बेलामा उनले यस्तो पत्र वारे भारतमा पनि चर्चा गरेका थिए । भारतीय मिडियाले भारतमा पनि बाइडेनहरु भएको बताएको थियो । अहिले सोही कुरा फेरी ह्वाइ हाउसमा उठेको हो ।

राष्ट्रपति बाइडेनले मोदीसँग भने, ‘जे होस्, हामीले यसलाई कहिल्यै स्वीकारेनौं । मैले थाहा पाएको छु कि त्यहाँ एकपटक क्याप्टेन जर्ज बाइडेन थिए, जो भारतमा ईस्ट इंडिया टी कम्पनीमा थिए ।’ बाइडेन ईस्ट इन्डिया कम्पनीको हवाला दिँदै थिए, जुन कम्पनीले औपनिवेशिक भारत र दक्षिणपूर्वी एशियाका धेरै भागहरुमा व्यापारमाथि नियन्त्रण कायम गरेको थियो ।

बाइडेनले प्रायः आफ्नो आयरिश वंशावलीको बारेमा बोल्ने गरेका छन् । यसैक्रममा उनले भने, ‘एक आयरिश मानिसको लागि ब्रिटिश स म्ब न्ध स्वीकार गर्न धेरै गाह्रो छ ।’ बाइडेनले भारतीय जनताको अगाडि यो स म्ब न्धको बारेमा यसअघि पनि बताइसकेका छन् । तर उनले यसपटक फेरि भने कि क्याप्टेन बाइडेन भारतमा थिए र एक भारतीय महिलासँग बिहे गरेर बसे सायद ।

यद्यपि राष्ट्रपति बाइडेनले क्याप्टेन बाइडेनका बारेमा थप विवरण दिन सकेनन् । उनले मजाकमा नै मोदीसँग भने९ वाशिंगटनमा मोदीले मलाई यसको बारेमा थप बुझ्न मद्दत गर्नेछन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भने कि उनले यसबारे केही कागजातहरु ल्याएका छन्, जसले मुम्बईसंग राष्ट्रपति बाइडेनको सम्बन्धलाई थप प्रकाश पार्नेछ । बाइडेनले मजाक गर्दै प्रम मोदीलाई सोधे, ‘के हामी आफन्त हौं रु’

प्रधानमन्त्री मोदीले पुष्टि गरे कि ४६ औं अमेरिकी राष्ट्रपति (बाइडेन० को भारतीय उपमहाद्वीपसँग पारिवारिक सम्बन्ध छ । मोदीले बाडेनलाई भने, ‘हामी यस सवाललाई अगाडि बढाउनेछौं । हुनसक्छ, यी कागजातहरु तपाइका लागि उपयोगी नै हुनेछन् ।’

यसका अतिरिक्त राष्ट्रपति बाइडेनले भने, ‘हाम्रो साझेदारी हामी जे गर्छौं त्यो भन्दा ठूलो छ। यो हामी को हौं भन्नेबारेमा छ। हाम्रो लोकतान्त्रिक मूल्य, हाम्रो विविधता र पारिवारिक सम्बन्ध, जसमा ४० लाख भारतीय—अमेरिकीहरु सामेल छन्, तिनीहरुले अमेरिकालाई थप बलियो बनाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता