Logo

प्रचण्डले भने, ‘मैले मन्त्री बनाएकाहरु हेर्नु त कहाँ पुगे, बादल र टोपबहादुरको नाम लिँदा पनि एलर्जी हुन्छ’



 

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै त्यसैअनुसार अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गरे । ‘तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्,’ दाहालले भने, ‘मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो रु’

माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका दाहालले भने, त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट १ एलर्जी हुन्छ १ तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि १ हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता