Logo

गुल्मीमा पहिरोले घर पुरिदा तीन दिदी(बहिनीको मृत्यु



गुल्मीमा पहिराले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पु’रिए’काको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता