Logo

आइतवार पनि केही स्थानमा भारी वर्षा, मौसमविद्ले दिए यस्तो चेतावनी



काठमाडौं । देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अरू प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता