Logo

संघुवासभा घटनामा फेरी नयाँ ट्वीष्ट, जिल्ला प्रहरीले जारी गर्यो यस्तो विज्ञप्ती



काठमाडौ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको श व फेला परेको घटनामा दोस्रो ब्यक्ति कसैलाई पनि पक्राउ नगरेको प्रहरीले प्रष्ट पारेको छ । केही मिडियामा घटनामा लोकबहादुर कार्कीका भाई समेत पक्राउ परेको भन्दै आएको समाचारको खण्डन गर्दै प्रहरी कार्यालयले विज्ञप्ती जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले विहिवार प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार सार्वजनिक भएपछि प्रहरीको यस्तो प्रतिकृया आएको हो ।

‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराईन्छ।’

९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको भदौ २१ गते श व फेला परेको थियो । घटनामा संलग्न भएको अभियोगमा लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । कार्की परिवारको एक बुहारीले बोक्ने मोवाइल हराएको छ ।

सो मोवाइल प्रहरीले फेला पारेको छैन । रञ्जनाले दुईवटा मोवाइल बोक्ने गरेकोमा एउटा मोवाइल फेला परेको हो भने अर्को हराएको हो । प्रहरीले हराएको मोवाइल लोकबहादुरको घरमा हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता