काठमाडौ उपत्यकामै यस्तो लाजमर्दो घटना ? श्रीमान सहित ४ जना पक्राउ

काठमाडौं । २१ औं शताब्दीमा पनि देशको राजधानीमै अझै यस्तो घटना हुँदैछ भन्ने जान्दा पक्कै पनि अन्धविश्वासको भर नपर्नेहरुलाई अचम्म लाग्न सक्छ । तर अझै पनि कति महिलालाई बो क्सी को आरोपमा या त ना दिने क्रम जारी छ । यस्तै घटनामा संलग्न भएको अभियोगमा एक महिलाका श्रीमान सहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाका श्रीमानसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जनार्दन पाण्डे, दशनारायण महर्जन, दिपेन्द्र कुमार थिङ र जितेन्द्र महर्जन रहेका छन्। उनीहरुले भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै या त ना दिएका थिए ।
‘महिलाले जाहेरी दिएपछि उहाँको श्रीमानसहित केही मानिसलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । महिलाका श्रीमानले ललितपुरबाट शरीरमा देखिएको समस्या समधान गर्न भन्दै झारफुक गर्ने ठाउँमा लिएर गएका थिए । स्वयम्भु दिपेन्द्रकुमार थिङकोमा श्रीमतीलाई लगेर या त ना दिइएको थियो ।
थिङ झारफुक गर्ने व्यक्ति हुन्। उनले महिलाको शरीरमा बो क्सी लागेको बताएका थिए । उनीहरु तीनै जनाले मिलेर महिलालाई या त ना दिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।