Logo

सभामुखको टाउको फु’टाउन खोज्ने यि सांसद को हुन ? भन्छिन् ‘योजना नै त्यही थियो’



काठमाडौँ । लगातार दोस्रो दिन पनि नेकपा एमालेका सांसदले संसद अवरुद्ध गर्ने कोशिष गरे । तर एमालेको संसद अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसोधित बजेट पेस गरेका थिए । सभामुखको विरोध गर्दै एमाले सांसदहरुले संसद अवरोध गर्दै आएका छन् । एमालेले उनको भूमिकामा प्रश्न उठाएका हुन् । अब सभामुखले राजिनामा नदिँदा सम्म संसदमा प्रतिकार गर्ने चेतावनी एमालेले दिएको छ ।

एमाले सांसद रेखा कुमारी झाले संसदमा सभामुखको टाउको फु’टाउने आफुहरुको योजना रहेको बताएकी छन् । अवरोधका बावजुद संसद सुचारु भएपछि उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो प्रतिकृया दिएकी हुन् ।


संसदको बैठकपछि सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फु’टाउने आफूहरुको योजना रहेको बताइन् । पत्रकारहरुसँग सांसद रेखा कुमारीले भनिन्, ‘हामीले जे पायो त्यसैले टाउको फु’टाउने हाम्रो योजना थियो । टाउको फु’टाइदिन्थ्यौँ । पहिले ग’ल्ती कसले गरेको हो रु’

उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्र’ति कार गर्ने पनि बताइन् । उनले संसदमा आगामी दिनमा पनि सशक्त विरोध गर्ने बताइन् । संसदमा मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए । एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए ।

शुक्रबार संसद अवरोध हुँदा लगातार दोस्रो पटक बैठक स्थगित भएर सुचारु भएको थियो । बैठकमा एमालेका सांसदहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सदन अवरुद्ध प्रयास गरिरहेका छन् । एमाले सांसदहरुकै विरोधका कारण शुक्रबारको संसद बैठक दुई पटक स्थगित गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता