Logo

वाईफाईका लागि राउटर किन्दा ध्यान दिनुपर्ने कुरा



-सबैभन्दा पहिले कुन प्रकारको राउटर चाहिएको हो पत्ता लगाउनुपर्छ । बजारमा सामान्यतया दुई प्रकारका राउटर खरिद गर्न पाइन्छ–डीएसएल र एडीएसएल ।

-नेपाल टेलिकमको सेवा लिने हो भने एडीएसएल अन्य सेवा प्रदायकको इन्टरनेट जोड्ने भने एडीएसएल राउटर खरिद गर्नुपर्छ ।

-मूल्य अनुसार गुणस्तर पनि निर्धारण हुन्छ । बजारमा १५ सय देखि ४० हजार रुपैंयाँ सम्मका राउटर पाइन्छ ।

-राउटरको मूल्य राउटरमा भएको फिचर, राउटरको गुणस्तर, राउटरको स्पिड र राउटरको रेन्जले निर्धारण गर्छ ।

-एसीको स्तर अनुसार राउटर स्लो र स्पीड हुनेगर्छ ।

-राउटर कस्तो स्थानमा प्रयोग गर्ने कुराले पनि भूमिका खेल्छ । त्यसैले कस्तो राउटर खरिद गर्ने भन्ने कुरालाई असर गर्छ ।

४ देखि ६ वटा उपकरणहरू मात्र एकैपटक जडान गर्ने हो भने र सानो क्षेत्रफलमा मात्र प्रयोग गर्ने हो भने N स्तरको र एउटा मात्र एनटेना भएको राउटर पनि काफी हुन्छ ।

-बजारमा अहिले 802.11n र 802.11ac स्तरमा राउटरहरू सजिलै खरिद गर्न सकिन्छन् ।

-802.11n अर्थात् छोटकरीमा N स्तरका राउटरहरू सबैभन्दा प्रचलित छन् । १५०० देखि नेरु ४००० सम्म पाइने यी राउटरको मोडल प्राय उस्तै हुन्छ ।

-802.11ac अर्थात् छोटकरीमा ac स्तरका राउटरहरु N स्तरभन्दा नयाँ र हिजोआज बजारमा आएका राउटर हुन् ।

-N स्तरको राउटरको अधिकतम स्पिड ३०० देखि ४५० Mbps रहन्छ । ac स्तरको राउटरको स्पिड १३०० Mbps सम्म पुग्न सक्छ ।

-ठूलो घर, धेरै प्रयोगकर्ता र धेरै उपकरण जडान हुने अवस्थामा भने कम्तिमा पनि दुईवटा एनटेना भएको, डुएल ब्याण्ड भएको र एसी स्तरको राउटर खरिद गर्नु राम्रो हुन्छ ।

-N स्तरको राउटरमा धेरै प्रयोगकर्ता जडान गरेमा इन्टरनेट राम्रोसँग नचल्ने समस्या हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता