Logo

आइफोन-१२ र आइफोन-१२ मिनीमा यस्ता छन् विशेषता



काठमाडौं। एप्पलले एक भर्चुअल इभेन्टमार्फत् नयाँ मोडल्स आइफोन-१२ र आइफोन-१२ मिनी लञ्च गरेको छ।

यी दुवै मोडल्समा एप्पलको ए १४ बायाेनिक प्रोसेसरको प्रयोग गरिएको छ। यो ५ एनएम प्रोसेस बेस्ड चिप हो। र, पफर्मेन्सको आधारमा यसलाई ए१३ भन्दा राम्रो मानिन्छ।

प्रत्येक वर्ष नयाँ आइफोन सेप्टेम्बरमा सार्वजनिक हुने गरेको थियो। तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण एक महिना ढिलो मात्र सार्वजनिक भयो। यी नयाँ आइफोनमा एडभान्स्ड टेक्नोलोजीसँगै नोस्टाल्जिया पनि थपिएको छ।

किनभने, यी दुई मोडल पहिलेका आइफोन-५ र ५एससँग मिल्दो-जुल्दो डिजाइनमा निकालिएको छ।

आइफोन-१२ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर र आइफोन-१२ मिनीको सुरुआती मूल्य ६९९ अमेरिकी डलर राखिएको छ।

आइफोन-१२ को स्पेसिफिकेसन्स

डिस्प्ले- यसमा १२०० निट्स पिक ब्राइटनेसको साथमा ६.१ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले दिइएको छ।

प्रोसेसर- यसमा ए१४ बायाेनिक प्रोसेसर छ। यो ५ एनएम चिपसेट राम्रो पफर्मेन्स दिने प्रोसेसर हो। साथै यसले फाइबजी पनि सपोर्ट गर्छ।

रियर क्यामेरा- यसमा डुअल क्यामरा सेटअप दिइएको छ। यसमा एउटा रियर १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सलकाे अल्ट्रा-वाइड एंगल क्यामेरा राखिएको छ।

सफ्टवेयर- आइओएस १४

कलर भेरियन्ट- यो नयाँ आइफोन कालो, सेतो, रातो र निलो कलर भेरियन्टमा उपलब्ध हुनेछ।

एप्पलले यो वर्ष सार्वजनिक भएका नयाँ मोडलका लागि म्यागसेफ वायरलेस चार्जिङ सिस्टम पनि समावेश गरेको छ।

आइफोन-१२ मिनीमा ५.४ इञ्च स्क्रिन, फाइबजी सपोर्ट, ए१४ बायाेनिक प्रोसेसर, ओएलइडी स्क्रिन, लो-लाइटका लागि नयाँ क्यामेरा, आइओएस १४, १२ मेगापिक्सल + १२ मेगापिक्सल डुअल क्यामेरा सेटअप र म्यागसेफ चार्जिङ सपोर्ट दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता