Logo

टेबलटेनिसको सम्मान र बिदाइ कार्यक्रम



काठमाडौं, असार २९ गते । अखिल नेपाल टेबलटेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान ग¥यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सोही कार्यक्रममा २५ औं एसियाली जुनियर टेबलटेनिसमा भाग लिने खेलाडी तथा १९ औं एसियाली खेलकुदको तयारीका लागि बैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ गरियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामनासहित बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता