Logo

टि२० ब्लाइन्ड महिला क्रिकेट सिरिजको चौंथो खेलमा नेपाल विजयी



काठमाण्डौं,बैशाख १७ । तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि सरिता घिमिरेले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।

जवाफी व्यटिङ्गमा उत्तत्रीेको नेपालले निर्धारित २० ओभरको खेलमा १७।५ ओभर खेल्दै विना व्हृयीकेटको क्षतिमा १० व्हृयीकेटको विशास जित हासिल गरेको छ । नेपालका लागि एबिथभच या तजभ ःबतअज मनकेशरी चौधरीले ५९ वलमा नट आउट ११६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी नट आउट विनिता पुनले ५० वलमा ८९ रन प्रहार गरेकी थिइन् ।

यस सिरिज अन्तर्गतको ५ खेलमा ३ खेलमा विजय हासिल गरेर नेपालले जीत सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता