Logo

भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ बिकेटको फराकिलो जित हासिल



काठमाण्डौं,बैशाख १३ । टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ बिकेटको फराकिलो जित हासिल गरेको छ ।

नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइले २९ रन बनाई निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली तथा मुना अर्यालले १४ र रिता थापाले १० रन नेपालको लागि बनाएका थिए ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट Player of the Match फुला सरेनले ४३ वलमा नटआउट ५ चौका सहित ६५ रन तथा सिमु दाशले २७ वलमा नटआउट ४ चौका सहित ६६ रन, उपकप्तान गंगावा निलप्पाले २२ रनको योगदानले 2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्तर्गतको दोस्रो दिनको खेलमा विजय बनाएको थियो ।

यस सिरिज अन्तर्गतको बाकीँ खेलहरु १५, १६ र १७ गते मुलपानी क्रिकेट मैदानमा खेलिने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता