भियतनामसँग नेपाल पराजित

काठमाण्डौं,चैत २६ । ओलम्पिक खेलकुदको महिला फुटबलको छनोट अन्तर्गत नेपाल भियतनामसँग पराजित भएको छ। छनौट खेलमा समग्रमा नेपाल ७ १ गोलले पराजित भएको हो । र, नेपाल पहिलो चरणबाट बाहिरिएको छ।
दशरथ रंगशालामा आज (शनिबार) भएको दोस्रो लेगमा नेपालले भियतनामसँग २ ० गोलको अन्तरले पराजय भोगेको हो । पहिलो लेगमा नेपाली टोली ५(१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो लेगमा आज भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्।