नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि

काठमाण्डौ,चैत १७ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो । यसअघि १७ औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो ।
त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।